काठमाडौं । रामबहादुर बम्जन (लिटिल बुद्ध)ले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन् ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो ।
बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०८० पुस २४ गते पक्राउ गरेको थियो । उनी पक्राउ पर्दा प्रहरीले उनको निवासबाट १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो ।
बमजनविरुद्ध (सीआईबी)ले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
त्यसपछि उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्पक्षका लागि थुनामा थिए ।
उक्त मुद्दामा अदालतले सरकारी वकिलको दाबी नपुग्ने भन्दै फैसला सुनाएको हो ।
अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ दिएपछि उनी जिल्ला कारागार कार्यालय, सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ ।
यद्यपी उनीविरुद्ध बाल यौन दुरुपयोगको कसुर भने सर्वोच्चमा विचाराधीन छ ।
सर्लाही जिल्ला अदालतबाट बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका बम्जनलाई उच्च अदालत जनकपुरले गएको चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालतबाट सफाइपाएछि सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।