Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज उभौली पर्व मनाइँदै

आज उभौली पर्व मनाइँदै

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । 

किरात राई समुदायमा बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा गर्ने परम्परा छ । यो बेला गर्मी बढ्ने भएकाले किरात राई समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने विश्वास गरिन्छ । यस पर्वको अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किरात समुदायका विभिन्न सम्प्रदायकाबीच साकेला नाच पनि नाचिन्छ । 

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मंसिर शुक्ल पूर्णिमाका दिन मनाउँछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077