Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शोभा पाठक र महेश बस्नेतकी पत्नी अम्बिकाबीच माइतीघरमा भिडन्त

शोभा पाठक र महेश बस्नेतकी पत्नी अम्बिकाबीच माइतीघरमा भिडन्त

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । माइतीघर मण्डलामा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेकी शोभा पाठकमाथि आक्रमण भएको छ । 

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतले पाठकमाथि आक्रमण गरेको बताइएको छ । 

पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

8 (1).jpeg

अम्बिका त्यहाँ आइपुगेपछि पाठकसँग घम्साघम्सी परेको थियो । दुई महिलाबीचको भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । 

शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिन् । अहिले उनको पुनर्वहालीको माग गर्दै आएकी छन् ।

आजको घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077