Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै दिन दुई परिवारका बाबुछोराकै मृत्यु

एकै दिन दुई परिवारका बाबुछोराकै मृत्यु

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा परि एकै दिन दुई परिवारका बाबुछोराकै मृत्यु भएको छ । प्युठान र कपिलबस्तुमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

प्युठानमा चट्याङ लागेर बाबुछोराकै मृत्यु भएको हो भने कपिलबस्तुमा मोटरसाइकलले ठक्कर दिंदा नाबालक सहित बाबुको मृत्यु भएको हो ।

प्युठानको गौमुखी गाउँपालिका–६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर घाइते भएकी एक महिलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।  

यसैबीच, सवारी दुर्घटनामा परेर बाबु छोराकै मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवामा पकडीबाट तौलिहवातर्फ आउँदै गरेको लु.३१ प ७५०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रामा रहेका बाबुछोराकै मृत्यु भएको हो। 

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–८ पूर्वी मैनिहवा बस्ने ३५ वर्षीय गृजेश कुर्मी र उनकै छोरा ३ वर्षीय आयंश कुर्मी चौधरी रहेका छन्।

आइतबार भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गएराति मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077