Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेपुटी गभर्नर पण्डितको सम्पत्ति: ३ करोडको जग्गा, २ करोड बढी बैंक ब्यालेन्स

डेपुटी गभर्नर पण्डितको सम्पत्ति: ३ करोडको जग्गा, २ करोड बढी बैंक ब्यालेन्स

'२० तोला सुन र २५० तोला चाँदी'

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा घरजग्गा, सुनचाँदी, नगद बचत तथा शेयर लगानी रहेको जानकारी गराएका हुन्।

विवरण अनुसार काठमाडौंको टोखा क्षेत्रमा उनकी पत्नी कामना शर्मा पण्डितको नाममा करिब २ करोड २० लाख रुपैयाँ मूल्य बराबरको जग्गा र सामाखुसीमा आमा गौरी पण्डितको नाममा रहेको साढे दुई तलाको आवासीय घर रहेको देखाएका छन् ।

जसको स्रोत पारिवारिक आय र पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ।

अन्य सम्पत्तिमा तारकेश्वर क्षेत्रमा पत्नीको नाममा करिब ६९ लाख रुपैयाँ मूल्य बराबरको जग्गा, कैलालीको धनगढीमा आफ्नै नाममा करिब १० लाख रुपैयाँको जग्गा तथा रुपन्देहीमा भाइ बुहारी अनिता गौतमको नाममा करिब ४० लाख रुपैयाँ मूल्यको जग्गा रहेको जनाइएको छ। बुबाको नाममा पनि काठमाडौँमै जग्गा रहेको विवरणमा समेटिएको छ।

यसैगरी पण्डितसँग करिब २० तोला सुन, २५० तोला चाँदी तथा करिब २ लाख रुपैयाँ मूल्य बराबरको हिरा रहेको विवरणमा उल्लेख छ।

वित्तीय विवरणअनुसार उनका विभिन्न बैंक तथा कोषहरूमा समेत बचत रहेको छ। नेपाल राष्ट्र बैंकमा करिब १ करोड ९ लाख, वाणिज्य बैंकमा करिब १ करोड ११ लाख, कर्मचारी सञ्चय कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार तथा विदेशी मुद्रा खातामा ७ हजार ८५६ अमेरिकी डलर बचत रहेको उल्लेख छ।

त्यस्तै, पण्डितको विभिन्न क्षेत्रमा शेयर लगानी रहेको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता, जलविद्युत क्षेत्रमा ३ हजार ६०६ कित्ता तथा बीमा क्षेत्रमा ३६ कित्ता शेयर लगानी रहेको विवरणमा उल्लेख गरिएको छ।

साथै श्रीमतीको नाममा इ२० महिन्द्रा इभी गाडी र २ मोटरसाइकल तथा आफ्नो नाममा एक मोटरसाइकल रहेको उल्लेख छ ।

पण्डित चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077