Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि दुई डेपुटी गभर्नर रिक्त रहेको थियो ।

गभर्नर विश्व पौडेलले किरण पण्डित , रामशरणा खरेल, गुरुप्रसाद पौडेल र दीर्घ रावलको नाम सिफारिस गरेका थिए ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रस्ताव पेश गरेका थिए । अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन ।

यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077