Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आज चैत ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । आज २०८२ चैत ३० गते सोमबारको राशिफल ।

मेष

उत्साह र आत्मविश्वास बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्ने सम्भावना छ। गुरुजन र अग्रज व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

धार्मिक र दान पुण्यको कार्यमा संलग्न हुने अवसर मिल्नेछ। नयाँ योजना बनाउन अनुकूल समय रहेको छ। मित्र वा सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

आर्थिक पक्षमा सुधार आउनेछ। परिवारका सदस्यहरूसँग सहकार्य बढ्नेछ। जीवनसाथीको सहयोगले महत्वपूर्ण कार्य पूरा हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

तुला

अध्ययन वा अनुसन्धानको कार्यमा सफलता मिल्नेछ। पहिलाको काम बन्ने र नयाँ अवसर प्राप्त हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।

धनु

कार्यक्षेत्रमा उत्साह बढ्नेछ। नयाँ काम सुरु गर्ने अनुकूल समय रहेको छ। चिताएको काम बनाउन सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

भौतिक संसाधन जुट्नेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृष

व्यापार व्यवसायमा ज्ञान र अनुभवको लाभ मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सल्लाह उपयोगी सिद्ध हुनेछ। कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो परिणाम दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

आर्थिक लाभको अवसर प्राप्त भएतापनि पनि गलत निर्णयले गर्दा लाभ उठाउन नसकिएला। यात्राबाट लाभ हुने संकेत छ। काममा निरन्तरताले सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या

स्वास्थ्यमा सामान्य सुधार आउनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा कानुनी नियमको पालना गर्नुहोस्। दिएको ऋण फिर्ता लिने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर

आफन्तहरूसंग समय बिताउँदा खुशी मिल्नेछ। नयाँ योजनातर्फ सफल हुने सम्भावना छ। आर्थिक पक्ष सबल रहनेछ। बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मीन

शत्रु तथा प्रतिस्पर्धीहरूसँग सम्झौता गर्नुपर्ला। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् सचेत रहनुहोस्। सोचे अनुसार फाइदा नहुन सक्छ। नियम मिचेर काम गर्दा दुःख पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077