काठमाडौं । नेपाल आयल निगमले बिहीबार रातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाएको हो । निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
