Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेपाल आयल निगमले को मूल्य बढाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढाएको हो । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

'इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.१२, डिजेलमा रु. ४.६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,' निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077