Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । आज २०८२ चैत २० गते शुक्रबारको राशिफल ।

मेष

नयाँ काम र मिहिनेतले प्रगति हुनेछ। सामाजिक सम्बन्ध मजबुत बन्नेछ। व्यापार व्यवसायमा लाभ हुने योग रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

रचनात्मक काममा रुचि बढ्नेछ। परिवारको साथले हौसला बढाउने छ। शुभचिन्तकहरूको सल्लाहले महत्त्वपूर्ण निर्णयमा आधार मिल्नेछ। धैर्यताले काम सहज बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

आत्मबल बलियो रहनेछ। कार्यकुशलता साथै नेतृत्व गर्ने सुनौलो अवसर मिल्नेछ। नयाँ जिम्मेवारीले मनमा हर्ष ल्याउने समय रहेको छ। चाहना अनुकुल कार्य पूरा हुने शुभ समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

पुरानो जटिल विषय समाधानतर्फ जाने संकेत छ। कामकाजमा प्रगतिको संकेत रहेको छ। वाणीमा विशेष प्रभाव बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु

व्यापार व्यवसायमा अनुभवले सहि निर्णय लिन मद्दत गर्नेछ। सहकर्मीहरूबाट साथ र सहयोग प्राप्त हुनेछ। सकारात्मक पारिवारिक वातावरण कार्यसम्पादनमा सहयोगी रहनेछ। लगनशीलताले लक्ष्यतर्फ अघि बढाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

नोकरी वा पेशामा हजुरको प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूको पठनपाठन र शैक्षिक पक्षमा प्रगति हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

बृष

मन शान्त र स्थिर रहनेछ। साथीभाइसँग सहकार्य बढ्नेछ। परिश्रमको उचित मूल्यांकन प्राप्त नहुदा मन खिन्न रहन सक्छ। प्रतिस्पर्धामा अग्र स्थान प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

काममा नयाँ अनुभव थपिनेछ। संयमताले सफलता नजिक ल्याउनेछ। मित्रतामा विश्वास बढ्नेछ। समझदारीले कार्य गर्दा लाभ देखिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

घरपरिवारमा रमाइलो वातावरण बन्नेछ। परिवारका सबै सदस्यहरुबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नयाँ विचार साथसाथै कार्य गर्ने हौसलाले मन रमाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

आर्थिक पक्षतर्फ ध्यान दिनुपर्ने समय रहेको छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ तसर्थ खानपिनमा ध्यान दिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर

सामाजिक रुपमा नयाँ दायित्व निर्वाह गर्नुपर्ला। कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। कार्यक्षेत्रमा भावनामा आएर निर्णयहरू लिनबाट जोगिनुहोला। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन

पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ सावधान रहेर बोल्दा राम्रो हुनेछ। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन् सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077