Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत १७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज चैत १७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । आज २०८२ चैत १७ गते मंगलबारको राशिफल ।

मेष

विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ। व्यापार विस्तारलाई लिएर नयाँ अनुबन्धहरू मिल्नेछन्। नौकरी वा पेशामा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू फेला पर्नेछन्। आत्मविश्वासमा वृद्धि हुनेछ वा स्वास्थ्यमा सुधार आउनेछ। युवाहरुलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

प्रतिक्षित नतिजा प्राप्त गर्न दोहोर्याएर कार्य गर्नुपर्ला। दिन लाभदायी एवं मनोरञ्जनपूर्ण रहनेछ। कार्यक्षेत्रमा नयाँ काम हात लाग्नेछ। आफ्नो व्यवहार कुशलताले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।

तुला

अरुको विवादमा आफू अगाडि नबढ्नुहोला। पुरानो बचतले आर्थिक पक्ष सबल देखिनेछ। लगनशीलताले आँटेको लक्ष्य पूरा गर्न सकिनेछ। विद्यार्थीहरूको साथीभाइसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

धनु

धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। युवावर्गहरूलाई करियरलाई लिएर नयाँ अवसरहरु मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

जीवनसाथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै कार्यक्षेत्रमा अधिकार स्थापित गर्न सक्नुहुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृष

पारिवारिक सद्भावमा कमी आउनेछ। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला। सहयोगीहरूको सहयोगले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्नमा सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

माननीय जनहरूको सहयोगले कार्य बन्नेछ। प्रतिष्ठित कार्यले गर्दा समाजमा स्थापित हुन सहायक हुनेछ। संचित धनमा वृद्धि हुनेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या

आफन्तहरूको साथ नमिल्नाले मनमा उत्साहको कमी रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। शत्रुहरूले समस्या बढाउनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। नोकरी वा पेशा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

व्यापारिक क्षेत्रमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ। विदेशतिरबाट कुनै शुभ सूचना मिल्ने योग छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन

लेनदेन सम्बन्धी विषयमा सावधान रहनुहोला। साहसिक कार्य गर्ने समय रहेको छ। बोलिको विपरीत अर्थ लाग्ला कम बोल्ने प्रयास गर्नुहोस्। आँनलाइन सम्बन्धी काममा जोगिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077