काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
नयाँ राजनीतिक एजेन्डा र विधेयक छलफलका लागि चैत १९ गते दिउँसो २ बजे अधिवेशन बस्ने तय भएको हो।
राष्ट्रपतिले नेपालको संविधान धारा ९३ (१) बमोजिम संघीय संसद् भवन, सिंहदरबारमा अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार संवैधानिक व्यवस्थाअनुसार अधिवेशन बोलाइएको हो।
यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही सिफारिसका आधारमा राष्ट्रपतिले औपचारिक रूपमा अधिवेशन बोलाएका हुन्।