Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आइतबारका लागि तय भएका ९ अन्तर्राष्ट्रिय उडान रद्द

आइतबारका लागि तय भएका ९ अन्तर्राष्ट्रिय उडान रद्द

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारका लागि तय गरिएका ९ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् ।

विमानस्थल कार्यालयका अनुसार हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण कुवेत, दुबई र दोहाका उडानहरू सञ्चालन हुन नसकेका हुन् ।

कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जजीरा एअरवेज र फ्लाइ दुबईका एक–एक, कुवेत एयरवेज र हिमालय एयरलाइन्स का दुई–दुई तथा नेपाल एयरलाइन्स का तीन उडान गरी कुल ९ वटा उडान रद्द गरिएको जानकारी दिए।

उनका अनुसार सबै उडानहरू ‘रद्द’ अवस्थामा राखिएका छन् भने पुनःतालिका (रिसेड्युलिङ) सम्बन्धी निर्णय सम्बन्धित एयरलाइन्सहरूले नै गर्नेछन् ।

विमानस्थलले प्रभावित यात्रुहरूलाई सम्बन्धित एयरलाइन्सको सम्पर्क नम्बर वा आधिकारिक वेबसाइटमार्फत थप जानकारी लिन आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077