Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षा ‘थ्रेट’मा गौरीबहादुर, सेनाको ब्यारेकमा राख्ने तयारी !

सुरक्षा ‘थ्रेट’मा गौरीबहादुर, सेनाको ब्यारेकमा राख्ने तयारी !

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सुरक्षा सुनिश्चित गर्न सेनाको ब्यारेकमा राखिने तयारी थालिएको छ।

हाल भक्तपुरको गुण्डुस्थित कार्की निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ र सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

कार्कीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न सेनाको ब्यारेकमा राखिने तयारी गरिएको हो ।

यसअघि सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर घटनाबारे छलफल गरेका थिए।

कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् ।अध्यक्ष ओली पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077