Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीवित देवी कुमारीलाई गराइयो तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई गराइयो तलेजु भवानीको दर्शन

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । जीवित देवी कुमारीलाई बिहीबार साँझ तलेजु भवानीको दर्शन गराइएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन कुमारीलाई भवानीको दर्शनका लागि वसन्तपुर कुमारी घरबाट मन्दिरमा लैजाने परम्परा छ ।

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पसहित विधि, विधानअनुसार दर्शन तथा पूजाआजाको प्रबन्ध गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

तान्त्रिक विधिले पूजा गरिने तलेजु मन्दिरमा कुमारीको दर्शनबाट राष्ट्र कल्याणको विश्वास गरिन्छ ।

सरकारी तहबाट हनुमानढोकास्थित मूलचोकमा एक सय आठ पशु बलि दिइएको थियो । दसैँघरमा अष्टमीका दिन आज ५४ बोका र ५४ राँगाको बलि दिएपछि भवानीको दर्शन कुमारीलाई गराइएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077