Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा, जनजीवन सामान्य

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा, जनजीवन सामान्य

मंगलवार , चैत्र १०, २०८२

कपिलवस्तु। कपिलवस्तुमा चैत्र ७ गतेदेखी जारी निषेधाज्ञा आज हटाइएको छ ।

सर्वपक्षीय छलफलबाट अप्रिय घटनामा कोही संलग्न नहुने र सामाजिक सद्भाव खलबल नबनाउने निर्णय भएपछि निषेधाज्ञा हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको थियो । 

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । झडपमा ३ जना घाइते भएका थिए । 

त्यसपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

त्यसयता निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुसमा रोक लगाइएको थियो । 

विवाद समाधानका लागि भएको सर्वदलीय र सर्वपक्षीय छलफलपछि निषेधाज्ञा हटेको हो । निषेधाज्ञा हटाएसँगै महाराजगञ्ज नगरपालिका-२ वरदवा क्षेत्रमा जनजीवन सामान्य बनेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077