Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खोटाङ हेलिकप्टर दुर्घटना अपडेट:  घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

खोटाङ हेलिकप्टर दुर्घटना अपडेट:  घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

बुधवार , चैत्र ४, २०८२

खोटाङ । खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो। उक्त घटनामा स्थानीय काजीबहादुर राई घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौं ल्याएको हो।

गाउँपालिका अध्यक्ष समीर राईका अनुसार त्यहाँकै स्थानीय डाकमणी राईकी श्रीमतीको बेलायतमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव लिएर हेलिकप्टर गाउँ पुगेको थियो ।

उक्त हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा बारीको डिलबाट उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको थियो । 

दुर्घटनाका बेला चालकसहित कुल ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल रहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077