Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी

सोमवार , चैत्र २, २०८२

काठमाडौं । कलाकार दीपकराज गिरीले संसद्मा महिला, दलित तथा उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गिरीले वर्तमान राजनीतिक परिवर्तन र समावेशी प्रतिनिधित्वको आधार जनयुद्धबाटै तयार भएको उल्लेख गरेका हुन्।

उनले अहिले संसद्मा देखिएको महिला, दलित तथा उत्पीडित समुदायको उल्लेख्य उपस्थिति इतिहासकै महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरेका छन् ।

'संसद्मा यत्रा महिलाहरू, दलित, उत्पीडित वर्गको प्रतिनिधित्व१ यसको श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ,' उनले लेखेका छन्।

गिरीले इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुने भन्दै परिवर्तनका आधार बनेका ऐतिहासिक घटनालाई स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

'इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077