Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिका र युक्रेनबीच जेनेभामा वार्ता सुरु हुँदै

रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिका र युक्रेनबीच जेनेभामा वार्ता सुरु हुँदै

शुक्रवार , फाल्गुण १५, २०८२

एजेन्सी । रुस र युक्रेनबीच चार वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि आज अमेरिका र युक्रेनबीच नयाँ चरणको वार्ता शुरु हुँदैछ ।

जेनेभामा हुने वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभ र अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर सहभागी हुनेछन् । 

वार्ता अघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जेनेभामा हुने द्विपक्षीय बैठकका एजेन्डा र मार्चमा हुने सम्भावित त्रिपक्षीय वार्ताको तयारीबारे छलफल भएको जानकारी दिए ।

युक्रेनी पक्षले दीर्घकालीन सुरक्षा प्रत्याभूति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान दोहोर्‍याएको छ । उता वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमा नयाँ आक्रमणको लहर सुरु गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077