Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुलीमा निर्माणाधीन फुड कम्पनीका कामदारबीच झडप, पाँच चिनियाँ कामदारसहित ७ जना घाइते

सिन्धुलीमा निर्माणाधीन फुड कम्पनीका कामदारबीच झडप, पाँच चिनियाँ कामदारसहित ७ जना घाइते

सोमवार , फाल्गुण ११, २०८२

सिन्धुली । सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग)मा कार्यरत कामदारबीच झडप भएको छ । 

सोमबार बिहान जिल्लाको मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच भएको आपसी विवादमा ७ जना घाइते भएका छन् ।

झडपमा २ नेपाली र ५ चिनियाँ कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

कम्पनीमा कार्यरत हलुका सवारी चालक मरिन गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयमा विवाद भएको थियो । पछि नेपालीलाई हेपेको भन्दै शुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो ।

प्रहरीका अनुसार झडपमा परी घाइते हुनेहरूमा नेपाली कामदार नवराज बम्जन र उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवाल घाइते भएका छन् ।

त्यस्तै चीन घर भई हाल हिमालयन फुड कम्पनीमा काम गर्ने चिनियाँ नागरिकहरूमध्ये ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो, ४० वर्षीय छ्याङ छोङ, ३१ वर्षीय लेउसेन्सी र ४६ वर्षीय चुजेन घाइते भएका छन् ।

घाइतेहरूको मरिन सामुदायिक अस्पताल कपिलाकोट र मरिन सामुदायिक कम्युनिटी हस्पिटलमा उपचार भइरहेको छ । 

घाइतेमध्येका बम्जनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

घटनापछि कम्पनी परिसरमा केही समय तनावपूर्ण अवस्था रहेकाले प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077