काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बास्तोलालाई निर्वाचन विथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो ।
बास्तोलामाथि अनुसन्धान सुरु भइसकेको छ ।
नेकपा बहुमतले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।