Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगारीका नाममा झंण्डै ८३ लाख ठगी, तीन जना पक्राउ

वैदेशिक रोजगारीका नाममा झंण्डै ८३ लाख ठगी, तीन जना पक्राउ

बिहिवार , माघ २९, २०८२

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गर्ने तीन जना पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन्।  

जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्। 

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077