Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हुँ भन्दै औषधी पसलहरूबाट रकम असुली, दुई जना पक्राउ

प्रहरी हुँ भन्दै औषधी पसलहरूबाट रकम असुली, दुई जना पक्राउ

बुधवार , पौष १६, २०८२

काठमाडौं। उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, नमोबुद्ध नगरपालिका ५ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने ३७ वर्षीय आकाश भन्ने नानि बावु लामा र दोलखा, मेलुङ गाउँपालिका ६ घर भइ हाल काठमाडौं महानगरपालिका ६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले औषधी व्यवसायीलाई लागु औषध तथा अवैध औषधिहरू बेचेकोले नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाएर रकम असुल्ने गरेका थिए ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका- ६ स्थित औषधी पसलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077