Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नागरिकलाई रुकुमपूर्व प्रशासनले भन्यो–अत्यावश्यक बाहेक यात्रा नगर्नुस

नागरिकलाई रुकुमपूर्व प्रशासनले भन्यो–अत्यावश्यक बाहेक यात्रा नगर्नुस

बुधवार , माघ १४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ ।

गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जनाउँदै विपद्को जोखिम हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउयन अनुरोध गरेको हो ।

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सोही कारणले सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय हिउँमा फसेका छन् ।

यातायात व्यवासायीलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको छ । हिउँ खेल्न आउने तथा हिमाल आरोहण र पदयात्रा गर्ने पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले रुकुमपूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक तीन फिट ढाकेको छ । काठमाडौँबाट रुकुमपूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिउँमा फसेका छन् ।

गएरातिदेखि हिउँमा फस्दा चिसो र भोकले समस्यामा परेको काठमाडौँबाट रुकुम पश्चिम जान लागेका यात्रु किरण शर्माले बताए । उनका अनुसार वरपर पनि होटेल नभएकाले बसबाट झरेर एक घण्टा पैदल हिँडी सिमाना पातिहाल्नामा पुगेर चाउचाउरबिस्कुट किनेर खाने बाध्यता छ । सबै यात्रु सिमानामा पुग्न सक्ने स्थिति पनि नभएको उनले बताए ।

अवरुद्ध सडक सञ्चालन गर्नका लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर रुकुम पूर्वतर्फबाट हिउँ पन्छाउने काम सुरु गरिएको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।

काठमाडौं उपत्यकासहित देशभर आज बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ ।

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठूलो असर परेको हो ।

कुहिरोका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।

खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्द समेत भएका छन् ।

यसैगरी पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा अहिले मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध बनेका छन् ।

कोशी र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुर्‍याएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077