काठमाडौं । माइतीघरमा आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीलाई वीर अस्पतालमा भर्ना गरिएको छ।
विभिन्न ६ बुँदे मागसहित ९ दिनदेखिलगातार अनसनमा रहँदा सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर अस्पतालमा भर्ना गरिएको हो ।
निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ तथा दोषीमाथि हदैसम्मको कारबाही, भ्रष्टाचार अभियोग लागेका सम्पूर्ण व्यक्तिमाथि निष्पक्ष छानबिन र निर्मम कारबाहीको सुनिश्चितता, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गरिनुपर्ने, संविधान संशोधन वा पुनःलेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने उनका माग छन् ।
सोमबार गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि यो विषय सचिवालयले गर्न सक्दैन भन्दै फर्किएका थिए।
मंगलबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँले पनि सोडारीलाई भेट्न माइतीघर पुगेका थिए ।
सरकार युवा तथा जेनजी आन्दोलनका माग र मुद्दाप्रति अनुदार बन्दै आएको भन्दै जेनजी युनाइटेड भनाई छ ।