Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए

अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए

बुधवार , माघ १४, २०८२

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मंगलबार मृत फेला परेका छन्।

आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन्।

उत्तर दक्षिण कोसी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका-१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

तामाङको शव उत्तर दक्षिण कोसी राजमार्गको नालीमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077