Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डिम्ब बिक्री प्रकरणमा मुछिएकी महान्यायाधिवक्ताको निर्देशनमा युवराज सफल पक्राउ

डिम्ब बिक्री प्रकरणमा मुछिएकी महान्यायाधिवक्ताको निर्देशनमा युवराज सफल पक्राउ

मंगलवार , माघ १३, २०८२

काठमाडौं । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (युवराज सफल) पक्राउ परेका छन् ।

सफललाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

महान्यायाधिवक्ता सबिता भण्डारी र महान्यायाधिवक्ता कार्यालयमाथि विभिन्न आरोप लगाउँदै तथ्यहीन अन्तर्वार्ता दिइ भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

सफलमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयले ८ माघमा प्रहरीलाई उजुरी दिएको थियो ।

भट्टराईका अनुसार उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद समेत थप गरिएको छ ।

सफलले लामो समयदेखि सामाजिक सञ्जालमा भ्रामक टिप्पणीहरु गर्दै विभिन्न राजनितिक व्यक्तिहरुमाथि उजुरी दिँदै आइरहेका छन् ।

महान्यायाधिवक्ता सबिता भण्डारी आफैं डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई बचाउन मुद्दा कमजोर पारेको र रवि लामिछाने मुछिएका दुई गम्भीर अभियोग फिर्ताको निर्णयमा मुछिएर गम्भीर विवादमा परेकी थिइन। यही प्रकरणको बारेमा सामाजिक संजालमा बोल्दा सफल पक्राउ परेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077