Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन तोकिएकै मितिमा हुन्छ भन्नेमा अझै विश्वस्त छैनौँ : विष्णु पौडेल

निर्वाचन तोकिएकै मितिमा हुन्छ भन्नेमा अझै विश्वस्त छैनौँ : विष्णु पौडेल

शनिवार , पौष १९, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेमा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन्।

शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचनको पूर्वतयारीमा आवश्यक गम्भीरता नदेखाएको टिप्पणी गरे।

पौडेलले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक आधार तयार पार्न सरकार असफल देखिएको बताए।

'सबै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने, सबै राजनीतिक दलले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न पाउने वातावरण बन्नुपर्छ,' उनले भने, 'तर त्यो सुनिश्चित गर्नुपर्ने कामहरू अहिले पनि भइरहेको देखिँदैन।'

सरकारलाई सचेत गराउँदै उनले निर्वाचनको सम्पूर्ण प्रक्रिया व्यवस्थित ढंगले अघि बढाउन आग्रह गरे।

निर्वाचनसँग सम्बन्धित कानुनी, प्रशासनिक र सुरक्षा व्यवस्थापनमा सरकारको ध्यान नपुगेको उनको आरोप छ।

उनले एमाले सधैँ निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।  

'निर्वाचन हुनुपर्छ, तर केवल मिति पूरा गर्न होइन, लोकतान्त्रिक मर्मअनुसार निष्पक्ष र स्वतन्त्र हुनुपर्छ,' पौडेलले जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077