Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

‘क्रिसमस डे’ को शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले भनिन् - पर्वहरूले विविधताबीचको एकतालाई सुदृढ बनाउँछन्

‘क्रिसमस डे’ को शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले भनिन् - पर्वहरूले विविधताबीचको एकतालाई सुदृढ बनाउँछन्

बिहिवार , पौष १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘क्रिसमस डे’ ले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गर्ने बताएकी छिन् ।

‘क्रिसमस डे’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले यस पर्वले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।

‘विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्,’ प्रधानमन्त्री कार्कीको सन्देशमा भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077