काठमाडौं । काठमाडौंको धोबी खोलामा एकजना मृत फेला परेका छन् ।
आज बिहान मदन भण्डारी कलेज नजिक साइकलसहित एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ । अहिले शवको पहिचान हुन सकेको छैन ।
साइकलसहित खोलाको हिलोमा गाडिएको अवस्थामा उनी मृत फेला परेका हुन्। प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।