Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पनि पितृशोक परेको छ । श्रेष्ठका बुवाको आज विहान नर्भिक अस्पतालमा निधन भएको हो।

श्रेष्ठका बुवा कुलबहादुर श्रेष्ठ ९५ वर्षका थिए । उनी पूर्वन्यायाधीश हुन् ।

उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। चिकित्सकले बिहान साढे ११ बजे श्रेष्ठलाई मृत घोषणा गरेका थिए।

लामो समयदेखि दम, मधुमेह र मुटुसम्बन्धी रोगको समस्या झेल्दै आएका श्रेष्ठको स्वास्थ्यमा असहजता भएपछि आज बिहान उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो।

उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ। श्रेष्ठका श्रीमती, तीन छोरी र तीन छोरा छन् ।

हिजो मात्रै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई पितृशोक परेको थियो । बालेनका बुबा डा. रामनारायण शाहको सोमबार निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077