Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालमा ‘दित्वा’ चक्रवातको प्रभाव

नेपालमा ‘दित्वा’ चक्रवातको प्रभाव

सोमवार , मंसिर १५, २०८२

काठमाडौँ । दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सुको अवस्था देखिएको हो ।

सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु देखिएको छ।

यसैगरी दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

यसैगरी राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077