काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले लामो समयदेखि रिक्त रहेको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
वायु सेवा निगमले बिहीबार बिहान सूचना जारी गर्दै उक्त पद खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने निर्णय गरेको जनाएको छ ।
यसका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ।
सूचनामा भनिएको छ, ‘आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेस गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध छ।’