Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक २७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक २७ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । आज २०८२ कार्तिक २७ गते बिहिबारको राशिफल ।

मेष

सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

साहसिक कार्य गर्ने समय रहेको छ। योजना विपरीत कार्य नगर्नुहोला। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह

मानसम्मानमा वृद्धि हुनेछ। लगनशीलताले काममा फाइदा दिलाउनेछ। दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला

संचित धनमा वृद्धि हुनेछ संगै उठ्नुपर्ने थप रकम उठ्नेछ। व्यापार व्यवसाय वा ठेक्कापट्टा सम्बन्धी कामबाट लाभ उठाउन सकिनेछ। आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

धनु

नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। लगनशीलताले लाभ दिलाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। अध्यात्मतिर झुकाब बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ। ठूलो फाइदाको लागि केही वस्तु त्याग गर्नुपर्ला। साझेदारी व्यापारमा लाभ हुनेछ। व्यापार व्यवसायमा जीवन साथीको साथ मिल्नेछ। परिजनहरुसँग भेटघाटका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

बृष

पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। जग्गा जमिनबाट लाभार्जन गर्न सकिएला। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

तत्काल फाइदा हेरेर कार्य गर्दा पछि पछुतो लाग्ला। फजुल खर्चबाट जोगिनुहोस्। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

सहयोगीहरूको साथ मिल्नाले चिताएका काम सम्पादन हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। संयमित व्यवहारले व्यावहारिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

पुरुषार्थी कार्य सम्पादन गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर

खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। अध्यात्मतिर झुकाब बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मीन

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विश्वास पात्रबाट धोखा पाइएला सावधान रहनुहोस्। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077