Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक २१ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक २१ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । आज २०८२ कार्तिक २१ गते शुक्रबारको राशिफल ।

मेष

रोकिएको काम बन्नुका साथै परिवारमा सुख शान्ति बढ्नेछ। आफ्नो कार्यलाई ईमानदारी साथ गर्नुहोस् सफलता मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

स्वास्थ्यमा ध्यान दिने आवश्यकता रहेको छ। परिवारबाट भनेजस्तो सहयोग नमिल्ला। पुराना कार्यहरू पूरा गर्ने समय रहेको छ। नमागी कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

पुरानो कुरालाई भुलेर अगाडि बढ्नुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

गोपनीय ढंगले गरेको क्रियाकलापमा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक अशान्ति रहनेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

धनु

आँटेको काममा ढिला हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा चुनौतीहरूले पछ्याउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

आदर्श व्यक्तिहरूसँग सहकार्य गर्ने अनुभव प्राप्त हुनेछ। बोली वचनमा संयमता अपनाउनुहोला। कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

बृष

हतारमा निर्णय लिनबाट बच्नुहोस्। राजनीतिक व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। व्यापारमा नयाँ लगानी लगाउने समय रहेको छ। विवादित विषयबाट टाढा रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पढाइमा एकाग्रताको आवश्यकता रहेको छ। शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

अधिकार प्राप्तिको लागि प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना रहेको छ। रोकिएका अपूर्ण काम पुनः प्रारम्भ हुनेछन्। आध्यात्मिक चेतनाको विकास हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

दाम्पत्य जीवन सुमधुर रहनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मकर

सन्तानको प्रगतिले मन हर्षित रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। काम गर्ने जोश जागर बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

मीन

मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077