Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज कार्तिक १६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक १६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । आज २०८२ कार्तिक १६ गते आइतबारको राशिफल ।

मेष

चुनौती पन्छ्याउँदै नयाँ लक्ष्यतर्फ अग्रसर भइने छ। नयाँ कुरा पाउन केही वस्तु त्याग गर्नुपर्ला। नयाँ लगानी व्यापार विस्तारमा सहायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। आफन्तहरूसँग भेटघाटका योग छन्। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। नयाँ पहिरनले व्यक्तित्वमा आकर्षण झल्किनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

सिंह

आफ्नो क्षेत्रमा प्रभाव जमाउनको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा कार्यलाई टाल्नु भन्दा कार्य सम्पादन गर्नमा विश्वास राखौं। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

तुला

परिस्थितिवस चिताएका कार्यसम्पादन गर्न नसकिएला। व्यवसायमा तत्काल ठूलो फाइदा नभएतापनि हिसाब किताबमा होस पुर्याउनुहोला। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु

कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ। आफुले गरेको मेहनतको अरुले लाभ उठाउन सक्छन्। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

सम्बन्धमा चलिरहेको वादविवाद सुल्नेछ। आफ्नो कमी कमजोरीमा सुधार गर्दै जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

बृष

नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा अड्केको कार्य सम्पादन हुनेछ। घरायसी काममा धेरै खट्टिनुपर्ला। खर्च लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। सहयोगीहरूको साथ मिल्नेछ। दिन लाभदायी रहनेछ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कन्या

दाम्पत्य जीवन सुमधुर रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सेवामुलुक कार्यबाट विशेष लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। आश्वासन देखाउनेहरूले झुक्याउन सक्छन् सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मकर

शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। भाग्यको साथ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन

विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। गृहकार्यमा हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। आफ्नो प्रतिभाले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077