Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआइजी बढुवामा छुटेका एसएसपी भन्छन्- जागिर छाड्ने विचार गर्दैछु

डीआइजी बढुवामा छुटेका एसएसपी भन्छन्- जागिर छाड्ने विचार गर्दैछु

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । एसएसपी शारदा प्रसाद चौधरीले राजीनामा दिने तयारी गरेका छन् । हालैको डीआइजी बढुवामा छुटेपछि उनले राजीनामा दिन लागेका हुन्।

उनले शनिबार फेबसुकमा लेखेका छन्- 'जागिर छाड्ने विचार गर्दैछु ।'

हालैको डीआइजी बढुवाका दाबेदारमध्ये चौधरी सबैभन्दा सिनियर थिए। तर, उनी छुटेका छन्। यसअघिको बढुवामा पनि उनी छुटेका थिए।

चौधरी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्। उनका ब्याचीहरु एआइजीमा बढुवा हुँदा पनि उनी एसएसपीमै छन्। ब्याचबाट बढुवामा उनी मात्र छुटेका छन्।

गत साता गृह मन्त्रालयले भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेको बढुवा सिफारिस गरेको थियो।

अर्का सिनियर एसएसपी विश्व अधिकारीलाई पनि बढुवामा छुटाइएपछि आलोचना भएको छ। आफ्ना गाउँले रहेका अवि नारायण काफ्लेलाई बढुवामा पार्न आइजिपी चन्द्रकुबेर खापुङले अधिकारीलाई छुटाएको आरोप लागेको छ।

चौधरी हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077