काठमाडौं । आज २०८२ कार्तिक १२ गते बुधबारको राशिफल ।
मेष
पुराना साथीहरूसँग भेटघाट हुनेछ। आफन्तहरूको आगमनले घरपरिवारमा खुशीको माहोल रहनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
जग्गा जमीनलाई लिएर ऋण लिनुपर्ला सावधान रहनुहोस्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। कार्यक्षेत्रमा बलको अपेक्षा बुद्धिले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
प्रतिष्ठित व्यक्तिहरूसँग राम्रो सम्पर्क बन्नेछ। सामाजिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। कार्यलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
तुला
आफन्तहरूले वेवीस्था गर्दा मन अप्रसन्न रहनेछ। गुप्त कुराहरू अरुसँग नभन्नुहोस्। घर परिवारको वातावरणलाई सकारात्मक राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु
सकारात्मक रहने प्रयास गर्नुहोला। आफन्तमध्य रमाइलो भोजनको आनन्द मिल्नेछ। नयाँ योजनाहरूको रूपरेखा कोरिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
स्वास्थ्यले गर्दा आर्थिक स्थिति बिग्रिन सक्छ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन विचलित हुनेछ। कार्यक्षेत्रमा अरुको थप कार्य गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
बृष
प्रतियोगी परीक्षामा सोचे अनुरुप परिणाम मिल्नेछ। व्यपारमा लाभका योग छन्। समय अनुरूप आफूलाई परिवर्तन गर्नुहोस् भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
महत्वकांक्षी योजनाहरू पूरा नहुनाले मनोबलमा कमी आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
कन्या
कार्यक्षेत्रमा हजुरको कामको प्रशंसा हुनेछ। नयाँ लगानी लगाउनको लागि समय अनुकूल रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
रोकिएका कार्य सम्पादन हुनाले मनोबलमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मकर
युवा वर्गहरूलाई रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन
धार्मिक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। इष्टमित्रहरूको साथ पाइनेछ। छात्रहरूलाई भविष्यलाई लिएर चिन्ता रहनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।