Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आँबुखैरेनीमा माइक्रो दुर्घटना, १४ जना घाइते

आँबुखैरेनीमा माइक्रो दुर्घटना, १४ जना घाइते

मंगलवार , कार्तिक ११, २०८२

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका हुन् ।

त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते हुनेहरुमा माइक्रो चालक ईश्वरकुमार श्रेष्ठ, शान्तामाया तामाङ, कमई तामाङ, बुधमाया तामाङ, गङ्गाबहादुर तामाङ, होमकुमारी तामाङ, रश्मी तामाङ, डोलराज तामाङ, गङ्गा तामाङ, मैतीमाया तामाङ, इन्द्रकुमारी तामाङ,गममाया तामाङ, मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक रहेका छन्।

घाइते सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077