Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको एक रासायनिक केन्द्रमा युक्रेनको क्षेप्यास्त्र हमला 

रुसको एक रासायनिक केन्द्रमा युक्रेनको क्षेप्यास्त्र हमला 

बुधवार , कार्तिक ५, २०८२

एजेन्सी । युक्रेनी सेनाले मंगलबार रुसको एक रासायनिक केन्द्रमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।

बेलायतमा निर्मित स्ट्रोम स्याडो नामक मिसाइलले रुसी एयर डिफेन्स सिस्टम तोडेर सफलतापूर्वक आक्रमण गरेको ती अधिकारीको दाबी छ।

युक्रेनले मिसाइल तथा हवाईको एक साझा अभियान चलाएको बताएको छ। रुसी सेनाको एक प्रमुख सैन्य उद्योग ब्रायान्स्क केमिकल प्लान्टमा आक्रमण गरिएका युक्रेनी सेनाले एक्समा उल्लेख गरेको छ।

यो केन्द्रमा बारुद्ध, विस्फोटक पदार्थ तथा रकेट इन्धन बनाइने गरेको जुन युक्रेन आक्रमणमा प्रयोग हुने गरेको दाबी गरिन्छ। रुसले यस विषय कुनै प्रतिक्रिया नदिएको बीबीसले जनाएको छ।

यसअघि रुसले युक्रेनलाई लामो दूरीको हतियर नदिन पश्चिमा देशलाई चेतावनी दिँदै आएको थियो। तर युक्रेनले भने रुसका प्रमुख रासायनिक केन्द्र तथा हतियार केन्द्रलाई निशाना बनाउन आवश्यक रहेको भन्दै अमेरिकासहितका पश्चिमा देशसँग हतियार माग्दै आएको थियो।

अहिले प्रयोग गरेको भनिएको स्ट्रोम स्याडो मिसाइल बेलायत र फ्रान्सले संयुक्त रुपमा विकास गरेका हुन्।

यसको आक्रमण क्षमता झण्डै २ सय ५० किलोमिटर रहेको बताइन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077