Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक ५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक ५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । आज २०८२ कार्तिक ५ गते बुधबारको राशिफल ।

मेष

घरपरिवारको साथमा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। यात्राका दौरान नयाँ मित्रहरू बन्नेछन्। घरपरिवारमा वरिष्ठ जनहरूको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

व्यवसायमा नयाँ योजनाहरूलाई गुप्त राख्ने प्रयास गर्नुहोला। मित्रको सहयोगले आत्मविश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

समय अनुकूल रहनेछ। अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। व्यापारमा नयाँ टेक्निकल नविनीकरण गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

तुला

स्वास्थ्य सबल रहनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। सम्मानित कार्यले समाजमा प्रतिष्ठित भइनेछ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

आर्थिक पक्ष सबल रहनेछ। नोकरीको प्रयासमा सफलता मिल्नेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

अध्ययनमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ।भाग्यको साथ मिल्नाले नसोचेको कार्यसम्पादन हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

बृष

सहकर्मीहरूको सहयोगले कार्यमा प्रगति हुनेछ। मार्गदर्शनले अध्ययनको क्षेत्रमा मन लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

सामाजिक समारोहमा सम्मिलित भइनेछ। पारिवारिक तनावबाट मुक्ति मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

कन्या

पारिवारिक सहयोगले मनोबल उच्च रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। विश्वास पात्रबाट धोखा पाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

अवसर हात लागे पनि लाभ लिन नसकिएला। खर्चमा वृद्धि हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मकर

आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

मीन

विरोधीहरूबाट झुठा आरोप लाग्न सक्छ सावधान रहनुहोस्। दाम्पत्य जीवनमा अरुको हस्तक्षेपले नकारात्मक वातावरणको सिर्जना हुनेछ। व्यापार व्यवसायलाई पारदर्शिता राख्नुहोस्।आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077