Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक ४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक ४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । आज २०८२ कार्तिक ४ गते मंगलबारको राशिफल ।

मेष

नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग मिल्नाले मनोबल बढ्नेछ। घरपरिवारको आपसी मतभेद सुल्झिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मिथुन

व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नयाँ कार्यप्रति सजगता अपनाउनुहोस्। कार्यक्षेत्रमा व्यस्तताले घरपरिवार तर्फ ध्यान कम जाला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

सिंह

धार्मिकमा सांस्कृतिक क्रियाकलापमा आर्थिक योगदान बढ्नेछ। आत्मबलमा वृद्धि हुनेछ। धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

तुला

मान सम्मानमा वृद्धि हुनेछ। आफ्नो कार्यकुशलताले अरुलाई प्रभावित पार्न सकिनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु

अध्ययन द्वारा उचित मार्गदर्शन मिल्नेछ। सुख सुविधामा धन खर्च हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

नयाँ योजनाहरुमा आकस्मिक बदलाव गर्नुपर्ला। परिवारमा मांगलिक कार्य सम्पन्न हुनेछ। कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृष

आर्थिक कारोबारको मामलाहरूमा सावधानी अपनाउनुहोला। सामाजिक गतिविधिलाई लिएर जानकारी हुनेछ। यात्रा गर्दा अनजान व्यक्तिहरूसँग सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

सामाजिक कार्यमा भागीदारी बढ्नेछ। विरोधीहरूले हानि पुर्‍याउने प्रयास गर्नेछन्। मित्रको सहयोगले अड्किएको कार्य पूरा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या

घरेलु जिम्मेवारी साथै आफ्नो स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। अध्ययनको क्षेत्रमा एकाग्रता राख्नुहोस्। लेन देनमा सावधानी अपनाउनुहोस्। आतिथ्यपूर्ण सत्कारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

घर परिवारमा आफन्तहरूको आगमनले मन हर्षित रहनेछ। पुरानो रोगले सताउला। आर्थिक पक्ष कमजोर रहन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मकर

साझेदारी व्यापारमा आपसी समझदारीमा कमी आउनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस। अशक्तहरूलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मीन

लोक कल्याणको कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूबाट आलोचना पाइनेछ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077