Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज कार्तिक १ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक १ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । आज २०८२ कार्तिक १ गते शनिबारको राशिफल ।

मेष

नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पहिलाका निर्णयहरूबाट मनग्य लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वासले भरिएको समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

स्वार्थको लागि साइनो गास्नेहरूबाट सजग रहनुहोला। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह

सन्तान वा शुभचिन्तकहरूको साथले कार्यक्षेत्रमा उत्साह जाग्नेछ। विशेष उपलब्धका लागि केही प्रतीक्षा गर्नुपर्ला। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला

रोकिएका काम पुनः दोहोर्याएर गर्नुपर्ला। पुरुषार्थी कामले समाजमा नाम स्थापित गराउनेछ। उद्योग व्यापारमा फाइदा रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु

रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कुनै सुखद समाचारले मनमा उत्साह जाग्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

तारिफ योग्य कार्यबाट लोकप्रियता प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत सबल बन्नुका साथै जीवनशैलीमा सुधार आउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

बृष

घर परिवारको सहयोगले मनलाई सन्तोष मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कमी कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ। व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कन्या

कार्यक्षेत्रमा पहिलाका सहयोगहरू प्रतिस्पर्धी रूपमा देखिनेछन्। अति महत्त्वकांक्षाले केही समस्या निम्त्याउनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार वा प्रशंसा प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

पहिलाका कमीकमजोरीलाई सुधार गर्ने समय रहेको छ। प्रतिद्वन्दीहरू बढ्नेछन। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर

नयाँ लगानीमा जोखिम बढ्न सक्छ। कार्यक्षेत्रमा कार्यको सफलताले नयाँ कार्य गर्ने हौसला जाग्नेछ। नँया पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन

लगानी लगायेर दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका मित्रहरूसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077