काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना छैन ।
दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।