Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज असोज ३१ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज असोज ३१ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । आज २०८२ असोज ३१ गते शुक्रबारको राशिफल ।

मेष

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कामको मेसो नमिल्दा केही बिलम्ब हुनेछ। कार्यक्षेत्रमा नयाँ सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा नयाँ कामको अवसर मिल्नेछ। ठेक्कापट्टा वा पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। घरायसी कार्यमा व्यस्त भइनेछ। साथीभाईहरूसँग सन्तुलित व्यवहार राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह

व्यक्तित्वलाई निखार्ने समय रहेको छ। पुरुषार्थि काम गर्ने समय रहेको छ। विशेष व्यक्तिबाट आकर्षक उपहारले मन प्रसन्न रहनेछ। दिन सकारात्मक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

तुला

कार्यक्षेत्रमा आफ्नो लक्ष्यमाथि ध्यान केन्द्रित गर्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। रोकिएको कार्य पुनः प्रारम्भ हुनेछ। ईश्वरप्रति आस्था बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

धनु

छरछिमेकीसँग वादविवादको सम्भावना रहेको छ। आफ्नो निजी कार्य भोलिलाई नटाल्नुहोस्। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

आफ्नो योजनाहरु गुप्त राख्नुहोस् सफलता मिल्नेछ। प्रतिद्वन्दीहरूले फाइदा उठाउन सक्छन सचेत रहनुहोस्। सम्पत्तिलाई लिएर वादविवाद सुल्झीनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष

हतारमा निर्णय लिने बानीले समस्या निम्त्याउन सक्ला। माननीयजनहरूको कुरालाई सिरोधार्य गर्दा लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

मेहनतीहरूलाई दिन अनुकूल रहनेछ। कला र संगीतको क्षेत्रमा विशेष सफलता आर्जन गर्न सकिएला। विवादास्पद कामको जिम्मेवारी लिँदा हानि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

स्वास्थ्यको लागि खानपिनमा ध्यान दिनुहोला। पहिलाका सफलताले नयाँ अवसर दिलाउन सक्ला। सहयोगीहरूबाट सोचेजस्तो साथ नपाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। पैसाको लेनदेनले पारिवारिक सम्बन्धमा तनाव आउला। आध्यात्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर

सरकारी सेवा वा राजनीतिमा प्रभाव बढ्नेछ। आत्मविश्वासमा कमी आउन सक्छ। रोजगारको नयाँ अवसर फेला पर्नेछ। वित्तीय वा सहकारी मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मीन

नयाँ लगानि गर्नु भन्दा अघि अनुभवी व्यक्तिहरूसँग परामर्श लिनुहोला। कार्यस्थलमा चलिरहेको मतभेद सुल्झिनेछ। आफन्तहरूको साथ र सहयोग पाइएला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077