Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज असोज २९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज असोज २९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । आज २०८२ असोज २९ गते बुधबारको राशिफल ।

मेष

विवादास्पद मामलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। झुटो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ अरुको सहयोग गरेर मन प्रसन्न रहनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसंग झुठो बाचा नगर्नुहोस। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला

नयाँ कार्य गर्दा योजना बनाएर कार्य गर्नुपर्ने हुन्छ। आफन्तहरूको साथ र सहयोग मिल्ला। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

धनु

कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्यसम्पादन गर्नमा परिवारहरूको सहयोग मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कार्य सम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। वैदेशिक यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृष

व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आँटेको कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

संगीत र कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष सबल हुनुका साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। समाजमा गरेको शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्ने छ। हतारमा लिएको निर्णय नोक्सानदाई रहनेछ। प्रशासनिक क्षेत्रमा कार्य सम्पादनमा बाधा आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मकर

नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउन अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

मीन

कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077