Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज असोज २८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आज असोज २८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । आज २०८२ असोज २८ गते मंगलबारको राशिफल ।

मेष

व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्ला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

सिंह

रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। आफ्नो सिद्धान्तलाई लिएर अडिग रहनुहोस्। व्यावहारिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

तुला

सुख र धनको प्राप्ति हुनेछ। आफन्त वा मित्रहरूको सहयोग मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोस्। पारिवारिक जीवनमा सामान्य उतारचढाव रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

धनु

पारिवारिक कारणले मनमा अशान्त भावना जागृत हुनेछ। विवाद र झगडाबाट टाढा रहनुहोस्। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

नयाँ कार्यको थालनी हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

बृष

नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रेका काम पनि बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। बिद्यार्थीवर्गहरूले प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनु पर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट

प्रतिस्पर्धीहरू किराना लाग्नेछन्। वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर् सजग रहनुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

मनोबलमा वृद्धि हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस्। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। रुचिको कार्यमा मन लाग्नेछ। सल्लाह दिनबाट बच्नुहोस् आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

प्रेम सम्बन्धमा असमझदारीले समस्या निम्त्याउने छ। आफन्तहरूको साथ र सहयोग मिल्ला। विद्यार्थी वर्गहरूले गुरुजनको सुझावलाई ध्यान दिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

मकर

मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ वा प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

मीन

व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। शत्रुहरू परास्त हुनेछन्। प्रतिस्पर्धीलाई पछाडि पार्न सकिनेछ। पहिला गरिएको कामको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077