काठमाडौं । आज २०८२ असोज २७ गते सोमबारको राशिफल ।
मेष
मन मिल्ने साथीसँग भेटघाटले मन आनन्दित रहनेछ। धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुन पाइएला। भाइबहिनीमा आत्मयीता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
कार्यक्षेत्रमा समय लागे पनि कार्य बन्नेछ। नयाँ अवसरले कार्यमा उत्साह जगाउनेछ। दीर्घकालीन लाभ हुने कार्यको थालनी हुन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह
विद्यार्थीवर्गहरू लक्ष्यको लागि निरन्तर प्रयास गर्नुहोस्। नयाँ कार्य हात लाग्नाले आयमा वृद्धि हुनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग रातो हौ भने शुभ अंक ४ रहेको छ।
तुला
राजकीय मामलाहरू सुल्झिनेछन। सामुहिक कार्यमा सबैको सल्लाह लिनुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
धनु
नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परोपकारी कामले आफूलाई चिनाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ
आर्थिक कारोबारमा आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुहोस् सफलता मिल्नेछ। सोचे अनुरूप कार्य गर्नमा सफल भइएला। सकारात्मक रहने प्रयास गर्नुहोस् समय अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
बृष
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। राजनीतिक कार्यमा सफल भइनेछ। लामो समयदेखि रोकिका कार्य पुनः प्रारम्भ हुनेछन्। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अक ३ रहेको छ।
कर्कट
वैदेशिक रोजगारमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भौतिक संसाधन जुटाउनमा धन खर्च हुनेछ। घरपरिवारसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
कन्या
उद्योग व्यापारमा कानुन विपरीत कार्य नगर्नुहोला। घरमा मांगलिक कार्यको रूपरेखा बन्नाले मनमा उमंग र उत्साह जाग्नेछ। कलाको क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
शत्रुहरूले हानि पुर्याउने प्रयास गर्नेछन्। समयको साथ चल्नको लागि कार्यशैलीमा बदलाव गर्नुपर्ला। भावनात्मक सम्बन्धहरूलाई संगठित गर्नमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मकर
अरुको आस् गर्नुभन्दा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्। जग्गा जमीनमा गरेको लगानिबाट लाभ मिल्नेछ। सम्मानको लागि संघर्ष गर्नुपर्ला। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मीन
कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। भावनात्मक सम्बन्धहरूमा सावधान रहनुहोस् प्रतिष्ठामा दाग लाग्न सक्ला। व्यापारिक निर्णयहरू भावनामा आएर भन्दा बुद्धिले लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।