काठमाडौं । आज २०८२ असोज २६ गते आइतबारको राशिफल ।
मेष
आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कानुन विपरीत कार्य नगर्नुहोस्। कुनै कुराले मनमा अशान्ति रहनेछ। यात्रा गर्दा सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह
लामो समयदेखि प्रतीक्षा गरेको कार्य प्रारम्भ हुनेछ। घरपरिवारमा राम्रो वातावरण सिर्जना हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला
आलस्यले गर्दा कार्यक्षेत्रमा बाधा आउनेछ। कार्यक्षेत्रमा बोलीको विपरीत अर्थ लाग्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु
आफ्नो दक्षताले विभिन्न कार्यसम्पादन गर्न सक्नुहुनेछ। दाम्पत्य जीवनमा सुखमय समय बित्नेछ। मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। विपरित वर्गप्रति आकर्षण बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
बृष
न्यायिक वा राजनीतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आम्दानी अनुसार लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
पायक स्थानमा भ्रमण वा धार्मिक तीर्थस्थलहरूमा यात्राका योग छन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
सामाजिक कार्यमा मन जानेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। थप उत्साहमा वृद्धी हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मकर
शुभ कार्यको चर्चा हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मीन
नकारात्मक टिकाटिप्पणी होला सावधान रहनुहोस्। चिताएका कार्य सम्पादन गर्न सक्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहायता पाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।