Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज असोज २५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आज असोज २५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । आज २०८२ असोज २५ गते शनिबारको राशिफल ।

मेष

अड्केको धनको प्राप्तिको लागि उपयुक्त समय रहेको छ। कार्यक्षेत्रमा समस्यालाई शान्तिले सुल्झाउने प्रयास गर्नुहोला। सकेसम्म कसैलाई सल्लाह नदिनुह‍ोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा अधुर‍ो कार्य पूरा गर्नमा सहकर्मीहरूको साथ मिल्नेछ। चिताएका काममा सफलताको लागि संघर्ष गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

अड्किएका कार्यहरू सम्पादन हुनेछन्। निजी कार्यलाई पूरा गर्नमा सफलता मिल्नेछ। सामूहिक कार्यमा सबैको कुरा सुनेर निर्णय लिनुहोला। रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। ऋणबाट मुक्ति मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको कुरालाई बेवास्ता नगर्नुहोला। हतारमा लिएका निर्णयहरू नोक्सानदाई रहनेछन्। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरू बन्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। पुराना मित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

बृष

कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला। कार्यलाई टाल्नु भन्दा सम्पादन गर्नमा ध्यान दिनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग गुलाबि हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन् सावधान रहनुहोस्। प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

युवाहरूलाई उच्चशिक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुका साथै आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

व्यापार व्यवसायमा सफलता मिल्नेछ। अध्यात्मतिर झुकाव रहनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। समय आफ्नो अनुकूल बन्दै जानेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

मकर

कार्यक्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। विवादास्पद मामलाहरू आपसी सहमतिमा सुल्झाउने प्रयास गर्नुहोस। लामो समयदेखि रोकिएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन

कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरूमा करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077